हावाहुरीबाट क्षती घर बर्षातको समयअगावै पुननिर्माण गर्न निर्देशन
इन्द्र रिजाल
बैशाख १७, २०७६ बुधबार १:३८:१९
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बिनासकारी हावाहुरीबाट क्षती घर भएका परिवारलाई बर्षातको समयअगावै घरको पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठक बर्षातको समयअगावै सकभर एकीकृत बस्तीको अवधारण अनुसार पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको हो । एकीकृत बस्तीको प्रक्रियामा जादा ढिला हुने देखिए सम्भव भएको स्थानमा मात्र एकीकृत बस्ती निर्माण गनुपर्नेमा समितिको जोड छ ।
संयुक्त तथा ठूलो आकारको परिवार तथा एउटै छानामुनी फरक फरक परिवार बसेको अवस्थामा जनता अवास कार्यक्रम अन्तर्गत दिईने आवास प्रत्याप्त नहुने भएकाले बैकल्पीक व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै प्राकृतिक बिपतबाट घाइतेहरुको उपचारका लागी घुम्ती स्वास्थय शिविर सञ्चालन गर्न पनि निर्देशन दिईएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिए । त्यस्तै पिडित क्षेत्रमा खाद्यान्न अभाव हुन नदिन खाद्यान्न उपलव्ध गराउन पनि निर्देशन दिईएको उनले बताए ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आफ्नो स्वामित्वको जग्गा नभएको जनताको हकमा स्थानीय तहले नै निर्धारण गर्न सक्ने र जमिनको प्रवन्ँध गर्ने गरि निर्देशन दिइएको बताए । त्यस्तै शहरीबिकास मन्त्री मोहम्मद इश्तियाक राईले जेष्ठ मसान्तभित्रै पिडित परिवारलाई आवासको बिकल्प दिनेगरि काम गरिरहेको जानकारी दिए ।
त्यस्तै समितिले तराईका केहि क्षेत्रका कैदीबन्दीगृहमाथि पनि अध्ययन गरि सोको अवस्था सुधार गर्नुपर्ने निष्कर्ष निकालेको थियो । बैठकमा गृहमन्त्री रामवहादुर थापाले जेलमा सिपमुलुक कार्यक्रम तथा अन्य बिकासको कार्यक्रमहरुको व्यवस्था गरिएको जानकारी दिए । उनले कैदीबन्दीहरुको स्वाथ्यका लागी पनि अस्पताल विस्तार गर्ने योजना गरेको बताए ।
बैठकमा समिति सदस्यहरुले जमिन नभएका परिवार वा अन्यत्र जग्गा भएका पिडितलाई अहिले नै समबोधन गरिनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा समिति सभापति श्रेष्ठले बारा र पर्सामा चैत १७ गते आएको आँधिहुरीबाट भएको क्षतिका स्थलगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसअघि समिति सभापति शशी श्रेष्ठ र सदस्यहरुसहितले आँधिहुरीले पु¥याएको क्षतिबारे स्थलगत प्रतिवेदन तयार गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार