एमसीसीले गर्यो न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १४:५:२३
१४ भदौ, काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंश १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए–नेपालले हस्ताक्षर गरेको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत प्रसारण आयोजनाअन्तगत बन्ने न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल विद्युत प्राधिकरणले यो खण्डको निर्माण अति जरुरी रहेको भन्दै छुट्टै प्याकेजमा निर्माण गर्न दबाब दिएपछि एमसीएले छुट्टै बोलपत्र गरेको थियो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो प्रसारण लाइन १२३.६० लाख अमेरिकी डलरको भएको बताइएको छ ।
शुक्रबार अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीको उपस्थितिमा आयोजित समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन् । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरे ।
अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्न र क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने बताए । अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका कूल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीनवटा सबस्टेसनसहित यो १८ किमि प्रसारण लाइन बन्ने बताए ।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले यो प्रसारणलाइन निर्माणको सम्झौताले थप २९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने बताए । २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको एमसीए नेपालको जानकारी दिएको छ ।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म यो प्रसारणलाइन निर्माण हुनेछ । २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजना १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूतमा सिफारिस नेपालीको सुनुवाइ सकियो
पुष १४, २०८१ आइतबार
कोटेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
पुष १४, २०८१ आइतबार
फेवातालमा ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु [ फोटो फिचर ]
पुष १४, २०८१ आइतबार
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
पुष १४, २०८१ आइतबार
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
पुष १४, २०८१ आइतबार