ओपनएआई र एन्थ्रोपिकले अमेरिकी सरकारसँग साझेदारी गर्ने
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १४:५:४४
१४ भदौ, काठमाडौं । अग्रणी ‘आर्टिफिसियल इन्टेलिजेन्स डेभलपर्स 'ओपनएआई’ र एन्थ्रोपिकले अमेरिकी सरकारलाई सुरक्षा परीक्षणका लागि आफ्नो नयाँ मोडेलमा पहुँच दिन सहमत भएका छन् ।
अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटसँग गरिएको सम्झौता अमेरिकी सङ्घीय निकाय नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजी 'निस्ट' को एक हिस्सा हो।
ओपनएआईको च्याटजीपीटीको आगमनपछि एआईको नियमन एक प्रमुख चिन्ताको विषय बनेको छ । प्रबिधि कम्पनीहरूले आफ्नो प्रबिधिलाई सरकारी निरीक्षणको लागि खोल्न स्वैच्छिक दृष्टिकोणको लागि दबाब दिइरहेका छन् ।
एनआईएसटीले बेलायती एआई सेफ्टी इन्स्टिच्युटमा आफ्नो समकक्षीसँग मिलेर काम गर्दै दुबै कम्पनीलाई उनीहरूको मोडेलहरूमा सार्वजनिक हुनुअघि र पछि सम्भावित सुरक्षा सुधारको बारेमा प्रतिक्रिया प्रदान गर्ने बताएको छ।
अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटकी निर्देशक एलिजाबेथ केलीले भने, “सम्झौता सुरुवात मात्र भए पनि एक महत्वपूर्ण कदम हो, किनकि, हामी एआईको भविष्यलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न मद्दत गर्न काम गरिरहेका छौँ।”
मूल्याङ्कनको उद्देश्य अग्रणी एआई मोडेल विकासकर्ता, ओपनएआई र एन्थ्रोपिकद्वारा गरिएको स्वैच्छिक प्रतिबद्धतालाई समर्थन गर्नु रहेको एनआईएसटीले बताएको छ ।
एन्थ्रोपिकका सह–संस्थापक तथा नीति प्रमुख ज्याक क्लार्कले भने, “अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटसँगको हाम्रो सहकार्यले उनीहरूको व्यापक विशेषज्ञताको फाइदा उठाउँदै हाम्रा मोडेलहरूको कडाईका साथ परीक्षण गर्छ। “यसले जोखिमको पहिचान र न्यूनीकरण गर्ने हाम्रो क्षमतालाई बलियो बनाउँछ, जिम्मेवार एआई विकासलाई अगाडि बढाउँछ,” उनले भने ।
संयुक्त राज्य अमेरिकामा एआई मोडेलहरूको द्रुत तैनाथीको लागि कानूनी पृष्ठभूमि प्रदान गर्न डिजाइन गरिएको यो सहकार्य सन् २०२३ मा घोषणा गरिएको एआईसम्बन्धी ह्वाइट हाउसको कार्यकारी आदेशसँग सम्बन्धित कामको एक हिस्सा हो ।
युरोपेली सङ्घ ९ईयू०को विपरीत वासिङ्टनले प्रविधि कम्पनीहरूलाई एआईमा नयाँ प्रयोग गर्न स्वतन्त्र छोड्न उत्सुक छ । ईयूका सांसदहरूको एक समूहले उद्योगलाई अझ नजिकबाट नियमन गर्न महत्वाकाङ्क्षी एआई अधिनियम पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार