माओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १४:४४:५७
१४ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएको बेहोराको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरिएको माओवादी केन्द्रले जनाएको छ । नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई विस्थापन गरी गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले जेठ १ विश्वासको मत लिएका थिए ।
एमालेका कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका थिए । केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको हो । माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । २७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेश सभाको बैठक आज बस्दै
भदौ १४, २०८१ शुक्रबार
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौं लगानी, उपलब्धि शून्य
भदौ ११, २०८१ मंगलबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
मैदानमा कहिले फर्किन्छन् नेइमार ?
भदौ २५, २०८१ मंगलबार
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
भदौ २५, २०८१ मंगलबार
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
भदौ २५, २०८१ मंगलबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार