नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब, ५८ देशबाट आयो लगानी
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १५:४२:१०
१४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन–२०७९/८० सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५८.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको उल्लेख छ ।
नेपाल राष्ट्र बैंक नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब पुग्न लागेको उल्लेख गरेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ र कर्जाको अंश १३.५ प्रतिशत छ । आर्थिक वर्ष (आव) २०७९/८० मा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले वृद्धि भएर २ खर्ब ९५ अर्ब ५० करोड पुगेको केन्द्रीय बैंकको सर्वेक्षणमा उल्लेख छ । उक्त आव खुद प्रत्यक्ष वैदेशिक लगानी भने ६ अर्ब मात्रै आएको सर्वेक्षणमा उल्लेख छ ।
उक्त वर्ष नेपालमात्र नभएर दक्षिण एसियामा नै खुद प्रत्यक्ष वैदेशिक लगानीमा भारित गिरावट देखिएको छ । सन् २०२३ मा विश्वमा १३ खर्ब ३१ अर्ब ८० करोड अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी भएको थियो । जसमध्ये दक्षिण एसियामा ३६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।
जुन २०२२ को तुलनामा ३७.५ प्रतिशत कम हो । २०२२ मा ५७ अर्ब ५० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा आएको थियो । प्रत्यक्ष वैदेशिक लगानीबाट आर्थिक वर्ष २०७९/८० मा लगानीकर्ताले नेपालबाट लाभांशबापत १७ अर्ब ३३ करोड रुपैयाँ विदेश लगेका छन्।
कुल २ खर्ब ९५ अर्ब रुपैयाँ लगानीबाट यो वर्ष लगानीकर्ताले १७ अर्ब रुपैयाँ लाभांश विदेश गएको छ । आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड र आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड रुपैयाँ लाभांशबापतको रकम विदेश गएको हो । पछिल्लो दुई वर्षमा वैदेशिक लगानीकर्ताले लैजाने लाभांशबापतको रकम उल्लेख्य घटेको हो । आव २०७७/७८ मा २६ अर्ब गएकोमा आव २०७९/८० मा १७ अर्बमात्रै लाभांश विदेश गएको हो ।
वैदेशिक लगानीको आधारमा ठूलो हिस्सा ओगटेको इलेक्ट्रिक, ग्यास, स्टिम एन्ड एयर कन्डिसनिङ क्षेत्रमा ८८ अर्ब ६१ करोड रुपैयाँ लगानी भएको छ । सोबापत यो वर्ष १३ करोड रुपैयाँ मात्रै लाभांश विदेश गएको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरु आव २०७८/७९ मा १ अर्ब ६७ करोड र आव २०७७/७८ मा ३ अर्ब ८१ करोड रुपैयाँ लाभांशबापतको रकम विदेश गएको थियो ।
प्रतिवेदनका अनुसार औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २८५.४ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसैगरी कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।
नेपालमा आर्थिक वर्ष २०७५ / ८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भइ २८५ अर्ब ५० करोड कायम रहेको प्रतिवेदनले देखाएको छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।
२०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनले औंल्याएको छ। जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् १०३ अर्ब ४५ करोड (३५ प्रतिशत), चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत),आयरल्याण्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत),अष्ट्रेलियाबाट १८ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५८.७ प्रतिशत रहेको छ। गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल ११.६१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७०/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल २३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ तथा अन्य विवरणको विश्लेषणका आधारमा ’प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/ ८०’ तयार पारेको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार