ड्राइभिङ लाइसेन्स छपाइको काम २० दिनदेखि ठप्प
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १९:४९:९
१४ भदौ, काठमाडौं । मेसिनमा समस्या आएपछि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम २० दिनदेखि ठप्प रहेको छ । प्रिन्ट गर्ने मेसिनमा समस्या आएर छपाइको काम रोकिँदा सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् । यातायात व्यवस्था विभागले जर्मनीबाट ६ लाख थान कार्ड ल्याएर गत असारदेखि तीन सिफ्टमा छपाइ थालनी गरेको थियो । तर, प्रिन्टरको पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा २० दिन यता लाइसेन्स छपाइ रोकिएको विभागले जनाएको छ ।
सिस्टममा पर्सनलाइजेसनका लागि मद्रास सेक्युरिटी प्रिन्टर्सले एउटा समय राखिदिएको हुन्छ । समय सकिएपछि उता कम्पनीबाट यो मेसिनबाट अर्डर आउनु पर्ने हुन्छ । त्यही नआएकाले समस्या देखिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । उनका अनुसार तीन लाख प्रति छपाइ भएपछि यस्तो समस्या आएको हो ।
गत जेठमा पनि पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा केही समय छपाइ रोकिएको थियो । विभागले जर्मनीबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सबाट छपाइ मेसिन ल्याएको हो । मेसिनले कार्ड रिड (चिन्न) गर्न नसक्ने समस्या पटकपटक दोहोरिएको बताइएको छ ।
नियमित छपाइ बन्द भए पनि विभागले वैदेशिक रोजगारी वा अध्ययनका लागि जाने नागरिकका लागि अत्यावश्यक लाइसेन्स छापिरहेको छ । नयाँ कार्ड मसिनले चिन्न नसकेपछि पुरानो मेसिनबाट अत्यावश्यक लाइसेन्सको छपाइ भइरहेको प्रवक्ता पनेरुले बताए । लाइसेन्स नवीकरण, हराएका र नयाँ गरी हाल दैनिक चार हजार कार्डको माग रहेकोमा पुरानो मेसिनबाट हाल अत्यावश्यक लाइसेन्स दैनिक तीन सयदेखि पाँच सय प्रति छापिने गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार