‘कृषि दशकलाई सफल बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय संस्थासँग समन्वय भएको छ’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार २१:२५:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/Ramnath-Adhikari-1724584647_VOX2iA0ryN_5GxQtVQlqb.jpg)
१४ भदौ, काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले हरेक नेपालीले साँझ बिहान खानका लागि कृषि उपज बेसाउन नपर्ने अवधारणासहित कृषि दशक कार्यक्रम सुरु गरिएको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकारले कृषि दशकलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, आवश्यक लगानी जुटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका बैंक तथा विभिन्न वित्तीय संस्थासँग समन्वय गरिरहेको बताए ।
मुलुकमा बढ्दो कृषि आयात न्यूनीकरण गर्न कृषि क्षेत्रका उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे। आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको संरक्षणका लागि नीतिगत सुधारका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले कृषि क्षेत्रमा गरिने लगानीले कृषि उत्पादन वृद्धि भई किसानको बढ्ने आम्दानीले ग्रामीण अर्थ व्यवस्थालाई गतिशील बनाउने विचार व्यक्त गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनले कृषिमैत्री कार्यक्रम कार्यान्वयन गरी कृषि उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । कृषि सचिव राजेन्द्रप्रसाद मिश्रले स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्नसकेमा त्यसले पूँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने बताए ।
कम्पनीका अध्यक्ष सीताराम काफ्ले, किसान आयोगका सदस्य पुष्पा भुसाललगायतले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए । सरकारले विसं २०८१ देखि २०९१ सम्मको समयलाई कृषि दशकका रुपमा घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार