हाइड्रोपावरका पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिमा देखिएको समस्या समाधान हुन्छ : वनमन्त्री ठकुरी
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार २२:११:३
१४ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हाइड्रोपावर कम्पनीका पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (सिइआइए) स्वीकृतिमा देखिएका समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले निर्माण सम्पन्न भइसकेका विभिन्न हाइड्रोपावरका प्रतिवेदन स्वीकृतिमा देखिएका समस्याबारे छलफल भइरहेको बताए ।
मन्त्री ठकुरीले भने, “फाइल अड्काउने कसैलाई छुट छैन । कानुन र ऐन नै बाधक बनेको अवस्था छ । ऐनलाई संशोधन र परिमार्जन गरी अघि बढ्नुपर्छ । सबै सरोकार भएकाहरूलाई बोलाएर छलफल गर्ने तयारीमा छौं । निकास निस्किन्छ । लगानीकर्ताको उत्साह खेर जान दिदैनौं ।” वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले विविध कारणले अन्तिम चरणमा पुगिसकेका आयोजनाहरू होल्ड गर्नुपरेको बताए ।
उनले भने, “कसै–कसैको कानुनअनुसार कागजपत्र नभएकाले अड्केका छन् । कसैको अन्तिम चरणमा भए पनि विविध कारणले अड्किएका छन् । धेरैजसो आयोजना संरक्षित क्षेत्रभित्र छन्, त्यसैले पनि अड्किएका छन् । हामी छलफलमै छौं, छिट्टै समाधानको उपाय निस्कन्छ ।”
बैठकमा एपोलो हाइड्रोपावर लिमिटेड, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड, कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिलगायत संस्थाहरूका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का सदस्य भरत पराजुलीले निजी क्षेत्र ऊर्जा विकासमा बढिरहँदा टेबलमा फाइल घुमाइने प्रवृत्तिले काम हुन नसकेको बताए ।
उनले भने, “नेपाल सरकारबाट कार्यविधि स्वीकृत भइसक्दा पनि केही बुँदाहरूमा स्पष्टता नभएको भन्दै वन तथा वातावरण मन्त्रालयले सयौँ जलविद्युत् अयोजनाहरूको काम रोकिदिँदा प्रवर्द्धकको करौडौँ रुपैयाँ लगानी जोखिममा परेको छ ।” बैठकमा रोल्पाको परिवर्तन गाउँपालिकामा भोगचलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याबारे पनि छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार