अबको २२ महिना १५ दिन मात्र म प्रधानमन्त्रीः ओली
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार १५:५९:३९
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरूले यो कति दिन प्रधानमन्त्री बन्छ भनेर विरोध गर्न आवश्यक नभएको बताएका छन् । उनले आफ्नो कार्यकाल २२ महिना १५ दिन मात्र बाँकी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्ने बताए ।
उनले आफूले सधैँ मुलुकको नेतृत्व गर्छु भनेर भन्न नहुने बताए । मैले सधैँ मै नेतृत्व गर्छु भनेर हुन्छ र ? मलाई मन नपराउनेहरूका लागि खुसीको खबर भन्दिन चाहन्छु । मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्र बाँकी छ । मन पराउनेलाई खुसी कुरा हो, उनले भने । उनले समयमै नेतृत्व हस्तान्तरण गरौँ भन्ने नीति आफ्नो रहेको बताए ।
‘त्यो भन्दा पनि हप्ता दिन अगाडि नै छाड्छु भनेको छु मैले । बढी खाउँ भन्ने हैन बरु समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति छ,’ प्रधानमन्त्री ओलीले भने । ओलीले हेलिकप्टर दुर्घटनामा परेर बाँचेको कारणले पनि आफूलाई कसैको डरभर नभएको बताए ।
म पनि हेलिकोप्टर दुर्घटनामा परेको हुँ, ५ हजार फिटबाट झरेको हुँ । फेरि पनि बँचे, फाउकै जिन्दगी हो । त्यसकारण धेरै डरभर मलाई पनि छैन, प्रधानमन्त्री ओलीले भने । यसकारण, एकबारको जीन्दगी त्यत्रो हेलिकप्टर बल्दाबल्दैको जीन्दगी बचेर आए । डराउनुपर्ने अवस्थै छैन, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार