कर्णाली राजमार्ग अझै खुलेन, करोडौँ मूल्यका स्याउ बाटोमै अलपत्र
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार १६:१५:१९
१५ भदौ, सुर्खेत । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र परेको छ । यो पहिरो पन्छाउन अझै दुई दिन लाग्ने बताइएको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्रुवाहक बस कालीकोट र दैलेखखण्डको सडकमा अलपत्र अवस्थामा छन् ।
कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी नेपालीले भने, ‘पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ । यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडकखण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौँ । त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ । दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ ।’
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यथाशीघ्र सडकमा आगमन सञ्चालन होस् भनेर तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताए । ‘हामीले तीनवटा स्काभेटर लगाएर आठबीस नगरपालिकास्थित मालाचौरमा गएको पहिरो पन्छ्याइसकेका छौँ, उनले भने, किटुखोलामा सडक भासिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ ।’
पहिरो पन्छाउने काम तीव्र गति गर्न सुर्खेत र नेपालगन्जबाट बुलडोजर मगाइएको प्रजिअ भुसालले जानकारी दिए । उनका अनुसार, सडकको पहिरो पन्छाएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्नेछ । हिलो भएको ठाउँमा ढुंगा राखेर पैदल हिँड्ने यात्रुलाई सहयोग गरिएको उनले बताए । त्यसका निम्ति प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाडी सडकमै थन्किएका छन् ।
समयमै नेपालगन्ज, सुर्खेत गाडी पुर्याउन नसके लाखौँको क्षति हुने जुम्लाको चन्दननाथ नगरपालिका–९ का स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोखे ।
“केही आम्दानी लिने आशा बोकेर स्याउ झारियो, चार दिनदेखि बाटोमा थन्किएको छ,” उनले भने, “दैनिक गाडी चालक र सहचालकलाई खानबस्न व्यहोर्दै खर्च भइरहेको छ भने त्यसैगरी स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
भदौ २७, २०८१ बिहिबार
विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै
भदौ २७, २०८१ बिहिबार
स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु
भदौ २५, २०८१ मंगलबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार