अवैध लागूऔषधसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार १८:१९:१२
१५ भदौ, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६ सय ७० ग्राम र चाँदीको दाना ५ सय ३० ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा र चाँदी फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-८ स्थित क्याम्पस चोकबाट अवैध लागूऔषध चरेश करिब ४ किलो ५ सय ग्राम र नगद ७५ हजार रूपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका-७ घर भएका ४२ वर्षीय जनक धामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार