मोरङमा दुई बालिका मृत फेला, आमा फरार
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार १९:४२:२८
१५ भदौ, विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई बालिकाको मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्कीका दुई छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् ।
उनीहरुको शव आज करिब साढे चार बजे फेला परेको हो । बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए । ‘अर्जुन र श्रीमती २९ वर्षकी अस्मिता पौडेलबीच बिहान विवाद भएको एसपी कार्कीले बताए । बच्चाको शव भेटिएपछि अस्मिता भने फरार रहेकी छन् । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन
भदौ २९, २०८१ शनिबार
भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता
भदौ २९, २०८१ शनिबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार