हमाससँगको युद्ध विरामबारे इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच विवाद
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार २०:१४:१७
१५ भदौ, काठमाडौं । हमाससँगको युद्ध विरामको विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षमन्त्री योआभ गल्लान्टबीच विवाद भएको छ । मिडिया रिपोर्टका अनुसार बिहिबार बसेको वार क्याबिनेटको बैठकमा प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री गल्लान्टबीच भनाभन भएको थियो ।
प्रधानमन्त्री नेतान्याहूले हमाससँग युद्ध विराम भएपनि इजरायली सेनाले गाजा र इजिप्टको सीमामा रहेको १४ किलोमिटर लामो फिलाडेल्फी कोरिडोर छोड्न नहुने धारणा राखेका थिए । यो कोरिडोर अहिले इजरायली सेनाको नियन्त्रणमा रहेको छ । इजरायलले यस कोरिडोरबाट हमासले हतियारको तस्करी गर्ने आरोप लगाएको छ ।
युद्ध विरामको समयमा इजरायलले सो कोरिडोर छोड्नुपर्ने प्रमुख सर्त हमासले राखेको छ । क्याबिनेट बैठकमा प्रधानमन्त्री नेतान्याहूले कसरी इजरायली सेना सो कोरिडोरमा रहन सक्छन् भन्ने नक्शामै ब्रिफ गरेर देखाएका थिए । नेतान्याहुको ब्रिफिङको रक्षामन्त्रीले विरोध गरेको विभिन्न इजरायली मिडियाहरुले उल्लेख गरेका छन् ।
रक्षामन्त्रीले हमासले यो शर्त नमान्ने र अपहरण गरिएका व्यक्तिहरु नछोड्ने बताएका थिए । रक्षमन्त्रीले नेतान्याहूलाई सो बैठकमा ३० जना नागरिकको जीवन खतरामा पर्ने भन्दै सहमति अनुसार कोरिडोर खाली गर्नुपर्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार