बुद्धजन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔं : मन्त्री पाण्डे
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार २०:३८:४०
१५ भदौं, काठमाडौं । लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेश भएको छ । शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद बैठकमा कार्यक्रम र बजेट पेश गरिएको हो ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेश गरेका छन् । यस्तै सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गरेका छन् ।
परिषदमा पेश भएका नीति कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ । कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद बैठक मार्फत पारित गर्ने बताए ।
बैठकमा कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरु गर्न नसकिएको बताए । उनले आगामी दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
बैठकमा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रुपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यहरूको उपस्थिति थियो ।
पर्यटनमन्त्रीले पाण्डेले गरे लुम्बिनी भ्रमण
परिषद बैठकपछि शनिबार दिउँसो संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । पर्यटन मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका मन्त्री पाण्डेयले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको समेत भ्रमण गरे । भ्रमणका क्रममा मन्त्री पाण्डेयले पुरातात्विक महत्व, धार्मिक पक्ष तथा सम्पदा संरक्षकका विषयमा चासो राखेका थिए ।
उक्त अवसरमा उपाध्यक्ष डा. लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका काम लगायतका विषयमा जानकारी गराए भने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बुद्धजन्मस्थलका पुरातात्विक महत्व, लुम्बिनी गुरुयोजना लगायतका विषयमा जानकारी दिए ।
भ्रमणपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री पाण्डेले विश्वभरका मानवलाई सतमार्ग र सदचारमा हिडाउने गौतमबुद्धको भूमिका टेक्न पाउदा निकै उत्प्रेरित बनेको बताए । उनले बुद्धभूमिबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताए ।
मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरुका विच एकता आवश्यक रहेको बताए ।
उनले परिषद बैठकका सन्दर्भमा स्थानीयहरुका माग र गुनासाहरूको समेत सुनुवाइ गरेको बताउँदै अब सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिए । ‘लुम्बिनी संस्कृतीको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो’ मन्त्री पाण्डेयले भने –‘मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ ।’
उनले साँस्कृतिक दृष्टिले उत्कृष्ट स्थल लुम्बिनी र प्रकृतीले सर्वोच्च शिखर सगरमाथालाई जोडेर पर्यटक आकर्षित गर्न सकिने बताए । मन्त्री पाण्डेले दीप प्रज्वलन समेत गरे । भ्रमणका क्रममा मन्त्रालयका सचिव सहित कोषका पदाधिकारी, बोर्ड सदस्यहरुको उपस्थिती थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार