आज संसदका चार समितिको बैठक बस्दै
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार ८:३६:२७
१६ भदौ, काठमाडौं । प्रतिनिधि सभाका चार समितिको बैठक आज बस्दै छ । आज अर्थ समिति, शिक्षा समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको बैठक पनि बस्दै छ भने संयुक्त संसदको संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दै छ ।
आज बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने एजेण्डा रहेको छ । अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित हुँदै छन् ।
त्यसैगरी अपरान्ह १ बजेका लागि बोलाइएको शिक्षा समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । त्यसै गरि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै संसदीय सुनुवाइ संयुक्त समितिको ११ बजे बोलाइएको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार