एभर्टनमाथि बोर्नमाउथको शानदार कमब्याक जित
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार ८:५६:२४
१६ भदौ, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टन बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो । २-० ले पछाडी रहेको बोर्नमाउथले खेलको ८७ मिनेटपछि तीन गोल गर्दै एभर्टनलाई स्तब्ध बनाएको थियो ।
बोर्नमाउथका लागि खेलको ८७औँ मिनेटमा एन्टोनी सेमेन्योले, ९२औं मिनेटमा लेविस कुकले र ९६औं मिनेटमा लुइस सिनिसटेराले गोल गर्दै जित दिलाएका थिए । त्यसैगरी एभर्टनका लागि यस अघि खेलको ५०औं मिनेटमा माइकल कीन र ५७औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गरेका थिए ।
यो जितपछि बोर्नमाउथको ३ खेलमा ५ अंक भएको छ । यस अघि लगातार दुवै खेलमा बराबरीमा रोकिएको बोर्नमाउथको यस सिजनमा यो पहिलो जित हो । त्यस्तै एभर्टन भने लगातार तेस्रो खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित
भदौ २९, २०८१ शनिबार
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैं अघि नै खेलाडी अक्सन हुने
भदौ २९, २०८१ शनिबार
अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी
भदौ २९, २०८१ शनिबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार