गाजामा ६ लाख बालबालिकालाई पोलियो खोप खुवाउन अभियान चलाइने
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार ११:१३:१३
१६ भदौ, काठमाडौं । संयुक्त राष्ट्र संघका एजेन्सी र स्थानीय स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन ठूलो अभियान सुरु गर्न लागेका छन् ।
संयुक्त राष्ट्र संघ र स्थानीय स्वास्थ्य अधिकारीहरुको यो अभियान आइतबारदेखि सुरु हुँदैछ । यद्यपि, यो अपरेशन इजरायल र हमासबीचको स्थानीय युद्धविराममा पनि निर्भर रहने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यस अभियानको सफलताका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका १० वर्ष मुनिका कम्तीमा ९० प्रतिशत बालबालिकालाई जतिसक्दो चाँडो खोप लगाउनुपर्ने बताएको छ ।
गाजामा एक बालकमा पोलियोको संक्रमण देखिएपछि पोलियो खोप अभियानमा यो कदम चालिएको हो । गाजामा २५ वर्षमा देखिएको यो पहिलो पोलियो केस हो ।
यो घटना बाहिर आएपछि संयुक्त राष्ट्र संघका विज्ञहरूले गाजाका धेरै बालबालिका पोलियोबाट संक्रमित हुनसक्ने र छिट्टै कदम नचालेमा यो भयावह रूपमा फैलिने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार