एन्फा महिला लिग आजदेखिः कूल ६९ खेल हुने, १० टोलीको सहभागिता
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार ११:२१:२७
१६ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । महिला लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् ।
उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटन खेलका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यस्था गरिएको एन्फाले जनाएको छ ।
महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन् । जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् ।
महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १–१ लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ गर्ने छन् । लिगमा अनुमानित बजेट २ करोड २४ लाख ६८ हजार ६ रहेको एन्फाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे
भदौ २८, २०८१ शुक्रबार
आहा ! रारा गोल्ड कप घाटामा
भदौ २७, २०८१ बिहिबार
पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित
भदौ २६, २०८१ बुधबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार