मधेश प्रदेशका डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार १२:२:१४
१६ भदौ, काठमाडौं । चरम आर्थिक दुरुपयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलमाथि कारबाहीको तयारी थालेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्देशनमा उनलाई कारवाहीको तयारी थालिएको हो ।
तराई मधेसमा तस्करीको लाइन खुलाएको र त्यसबापत घुस लिएको उजुरीका आधारमा उनलाई कारबाहीको तयारी भएको हो । उनीसँग निकट बिचौलिया पक्राउ परेका छन् भने करिब एक दर्जन घुमुवाहरूलाई प्रहरी प्रधान कार्यालयले झिकाएर अनुसन्धान गरिरहेको छ । तराईमा घुमुवा र बिचौलियामार्फत तस्करीको लाइन खुलाएर तस्करी गरेको भेटिएपछि उनीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको थियो । उनी निकट रहेका पूर्व एसएसपीलाई परिचालन गरेर आर्थिक संकलन गरेको आरोप डीआईजी पोखरेलमाथि लागेको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समेत उनको नाम नलिई केही दिनअघि एक डीआईजीमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने बताएका थिए । डीआईजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएको स्रोतको दाबी छ । आफूलाई एमालेभित्र ईश्वर पोखरेल र माओवादीभित्र गिरिराजमणी पोखरेलको मान्छे बताउने तथा कांग्रेस भेटे आफू कांग्रेस भएको बताउने पोखरेललाई अवकाशको मुखका कारवाही थालिएको हो ।
जनकपुरका बिचौलिया जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेपछि उनीमाथि कारबाहीको आधार बनेको थियो । कर्णले डीआईजीको नाममा तस्करहरूसँग पैसा उठाउने र बुझाउने गरेको स्रोतको दाबी छ । केही घुमुवालाई प्रहरी प्रधान कार्यालयमा तानेर अनुसन्धान सुरु गरिएको छ । उनी यही असोज १६ गते अवकाशमा जाँदै छन् । उनले सर्वोच्च अदालतमा उमेर हद विरुद्ध मुद्दा दायर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार