पारालिम्पिकमा काश्य पदक विजेता पलेशालाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार १२:२५:४४
१६ भदौ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामना दिएका छन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले खुशी तुल्याएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरव बढाएको हामीले महसुस गरेका छौं ।'
उनले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टिमलाई यो सफलताको लागि बधाई तथा शुभकामना दिएका छन् ।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार