एमबीबीएस परीक्षामा रौतहटका दुई विद्यार्थी नेपालमै पहिलो र दोस्रो
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार १५:१३:५०
१६ भदौ, रौतहट । शिक्षा, साक्षरतामा देशको ७७ औं स्थान अर्थात् पुछारमा रहेका जिल्ला रौतहटका दुईजना विद्यार्थी एमबीबीएसको परीक्षामा नेपालमै क्रमशः पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।
एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परीक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोस्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।
शिक्षा मन्त्रालयद्वारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका-१, जेठरहिया चिकना गाउँका विद्यार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान (नेपाल टप) र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विद्यार्थी मधुसूदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् ।
एमबीबीएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एकजना छात्रा अञ्जली कुमारी झाले ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार