बिना धितो पाँच लाखसम्मको कर्जा सुविधा दिँदै इन्भेष्टमेन्ट बैंक
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार १८:१८:६
१६ भदौ, काठमाडौं । आफ्नो दैनिक खर्च व्यवस्थापन गर्ने वित्तीय समावेशीकरण र सर्वसुलभ कर्जा प्रदान गर्ने हेतुले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंक लिमिटेडले पाँच लाखसम्मको एनआईएमबी स्मार्ट लोन दिने भएको छ ।
यो सुविधा अन्तर्गत बैंकका योग्य ग्राहकहरूले एनआईएमबी स्मार्ट एपमार्फत ५ लाख रूपैयाँसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरूसमेत प्रदान गरेको छ ।
‘यसमा ग्राहकहरूले १ महिनाभित्र वा बढीमा ३ वर्षसम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्,’ बैंकले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ ।’
ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत ई–मेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिस्टर्ड गर्न सक्ने बैंकले जनाएको छ । ‘एनआईएमबी स्मार्ट लोनका लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्ड पूरा गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जस्तैः तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि ।
योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होम पेजबाट एनआईएमबी स्मार्ट लोन एप्लाई गरी कर्जाका सबै सुविधा र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
ग्राहकलाई उनीहरूका आवश्यकता पूरा गर्ने थप सुविधाजनक र पहुँच योग्य वित्तीय सहजता प्रदान गर्दै नयाँ स्वरूपमा एनआईएमबी स्मार्ट लोन अपग्रेड गरिएको बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार