सहमतिअनुसार बुटवल–नारायणगढ सडक नबनाए सरकारले विकल्प खोज्छः मन्त्री दाहाल
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार २२:२२:३७
१६ भदौ, नवलपरासी । भौतिक पूर्वाधार तथा योजनामन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि ठेकेदार पक्षसँग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने बताएका छन् । बुटवल नारायणगढ सडकको अनुगमनका क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका पुग्नुभएका मन्त्री दाहालले ठेकेदारले कुनै पनि बहानमा पछिल्लो सहमति कार्यान्वयनमा आनाकानी गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताएका हुन् ।
“देशको मुख्य राजमार्गको हालत यस्तो छ । सबैको ध्यान यो सडक कहिले बनिसक्ला भनेर हेरिरहेका छन्”, उनले भने, “अब पनि ठेकेदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ, एउटा ठेकेदारका कारण देशको महत्वपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनै पनि अर्थमा स्वीकार्य हुँदैन ।”
विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सडक विस्तार योजनाको शिलान्यासको काम भएको स्मरण गर्दै मन्त्री दाहालले अब ओली नेतृत्वको सरकारले नै सडक विस्तारको काम सम्पन्न गर्ने बताए । मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार पक्षले कामको समय मिलाउन नसक्दा अहिलेको अवस्था आएको बताए।
स्थलगत अनुगमनका क्रममा ‘पिच’ गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटरभन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्दै उनले ठेकेदार पक्षले कार्य समय मिलाउन नसक्दा समस्या भइरहेको उल्लेख गरे । मन्त्री दाहाललाई मध्यविन्दु नगरप्रमुख भीमलाल अधिकारीले सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेका समस्याबारे जानकारी गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार