वर्षाैंपछि फर्किएका प्रकाश तामाङलाई घरमै नागरिकता
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार ६:३८:४१
१७ भदौ, भोजपुर । ‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अङ्क ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए । ३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौँ आउँदा हराएका उनी गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा थिए । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उनको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो ।
गोरखाको चुम भ्यालीदेखि भोजपुरस्थित प्रकाशको परिवारसम्म श्रव्यदृश्यमार्फत प्रस्तुत कथा सार्वजनिक भएसँगै नागरिकताका लागि भोजपुरवासीले पहल थालेका थिए । आज भोजपुर षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँसहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको हो ।
परिवारसँग लामो समय विछोडिनु भएका प्रकाश शनिबार काठमाडौंबाट हवाई मार्ग भएर सङ्खुवासभाको तुम्लिङटार हुँदै भोजपुरस्थित घर आएका थिए । नागरिकता प्रदान गर्दै नगर प्रमुख उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा प्रकाश र उनका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नागरिकता लिईसकेपछि प्रकाशले आगामी दिन भोजपुरमै रहेर खेती किसानी गर्ने मनसाय रहेको प्रतिक्रिया दिए । “वर्षौँपछि भएपनि मैले परिवार भेट्न पाएँ । नागरिकता लिन पाएँ । मेरो जीवन यत्तिकै जाला जस्तो लागेको थियो तर त्यसो भएन म खुसी छु”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार