प्रधानमन्त्रीलाई ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार ८:२८:२७
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले इच्छाशक्ति भएमा सुरुमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछ भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताए । उनले बिरामीसँग पैसा नभए पनि सहज उपचार पाउने वातावरणका लागि उक्त संस्थाको सोच रहेकामा प्रशंसा व्यक्त गरे ।
सो संस्थाले झापाको दमकमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ भने काठमाडौँको बुढानीलकण्ठ–७, बाँसबारीमा बाल अस्पताल सञ्चालन गर्न ३० वर्षका लागि ४१ रोपनी जग्गा नेपाल सरकारले भाडामा उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार