खडक पुलमा डरलाग्दा खाल्डाखुल्डीः सडक दुर्घटनाको जोखिम
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार १६:३७:४३
१७ भदौ, गोलबजार । हुलाकी सडकअन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजर क्षेत्रमा रहेको खडक पुलमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । पुलको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । हुलाकी सडकको पक्की सडकबाटोमा तीव्र गतिमा आउने गाडीहरू अचानक पुलको खाल्डामा परी दुर्घटना हुने गरेको स्थानीय ब्रजेशकुमार यादवले बताए ।
पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको टेम्पु चालक रामध्यानी यादवले बताए । तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने गरेको यादवको गुनासो छ । पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन रहेकाले चालकले हुलाकी सडक रोज्ने गर्छन् तर खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक मदनी साहकानुसार तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने भएकाले सतर्कता अपनाउन आग्रग गर्ने गरिएको बताए । खडक पुलमा दुर्घटना रोक्न अस्थायी ट्राफिक प्रहरी पोष्ट बोदेबरसाइनलाई परिचालन गरी ट्राफिक सचेतना कार्यक्रम गर्दै आइएको उनले जानकारी दिए ।
खाल्डा पुर्ने नियामक निकाय हुलाकी सडक योजना कार्यालय इटहरीले चासो नदिँदा विगत एक वर्षदेखि जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद चौधरीको गुनासो छ । पटकपटक सरोकार भएकाहरूको ध्यानाकर्षण गरिए पनि समस्या समाधान नभएको उनले बताए ।
हुलाकी सडक योजना कार्यालय इटहरीका इन्जिनियर समपतलाल दासले पुल मर्मतका लागि छुट्टै बजेट नभएकाले समस्या समाधान गर्न नसकिएको बताए । उनले स्रोत व्यवस्थापनका लागि पहल भइरहेकाले चाँडै पुल मर्मत गरिने प्रतिवद्धता व्यक्त गरे । खडक पुल रु ११ करोड ७३ लाख ९३ हजार (भ्याटसहित) मा इलाइट/सूर्या जेभीले वि.सं २०७९ असोज २७ गते पुल निर्माण सम्पन्न गरेको थियो । छोटो समयमै पुलमा खाल्डा परेपछि गुणस्तरीय काम नगरिएको भन्दै विरोध गरिरहेका छन् ।
स्थानीय विद्यानारायण यादवले हुलाकी गुणस्तरीय कार्य गराउन नसक्दा पुलमा खाल्डाखुल्डी पर्न थालेको आरोप लगाउनुहुँदै तत्काल मर्मत गर्न सरोकार भएका निकायलाई आग्रह गरे । “यति चाँडै समस्या कसरी आयो भनेर आवश्यक छानबिन गरी हुलाकी सडक आयोजनाले तत्काल मर्मतका काम अगाडि बढाउनुपर्छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार