काबुलमा आत्मघाती हमला हुँदा ६ जनाको मृत्यु, १३ घाइते
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार २१:५९:१४
१७ भदौ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विष्फोटमा परी छ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आज दिउँसो शरीरमा विस्फोटक पदार्थ लगाएका एक व्यक्तिले विस्फोट गराएका छन् ।”
उनले भनेका छन्, “दुर्भाग्यवश, आक्रमणमा एक महिलासहित छ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।” आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।जादरानका अनुसार यो घटना दक्षिणी काबुल क्षेत्र काला–ए–बख्तियारमा भएको थियो र अनुसन्धान जारी छ।
अफगानिस्तानमा सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि विदेशी सेना र इस्लामिक विद्रोहीबीचको दुई दशक लामो युद्ध अन्त्य भएको र हिंसामा कमी आएको छ । यद्यपि इस्लामिक स्टेट खोरासान (इस्लामिक स्टेटको क्षेत्रीय शाखा) अफगानिस्तानमा सक्रिय छ र यसले नियमित रूपमा नागरिक, विदेशी र तालिबान अधिकारीहरूलाई बन्दूक र बम आक्रमणको निशाना बनाउँदै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार