सहकारी संसदीय छानबिन समितिको म्याद थपिँदै
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार ७:८:२३
१८ भदौ, काठमाडौं । सहकारीको बचत ठगीको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ ।
समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो । समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार