गुरुङलाई सञ्चारमन्त्रीबाट हटाउन प्रधानमन्त्रीमाथि पर्न थाल्यो दवाव, सोचेर निर्णय गर्न देउवाको सुझाव
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १०:४०:३४
१८ भदौ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बशन्त कुँवरको जिब्रो थुत्नुपर्ने भन्दै आपत्ति जनक अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङलाई पदबाट हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दवाव पर्न थालेको छ । मन्त्री गुरुङको भनाइलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कारवाही गर्नु पर्यो भन्दै भन्दै चासो राखेका छन् ।
प्रधानमन्त्री ओलीलाई यतिबेला सबैतिरबाट गुरुङको भनाइलाई कडाइका रुपमा लिएर कुनै कदम नचाले सरकारमाथि नकारात्मक प्रभाव पर्ने दवाव आएको छ । एमालेभित्रकै एक पक्षले पनि गुरुङको भनाइ आपत्ति जकन रहेको र यसले गर्दा जनस्थरबाट सरकारको नैतिकतामाथि प्रश्न उठाइन थालेको बताएको छ । कांग्रेस सभापति देउवाले मन्त्रीहरुले जथाभावी बोल्दा नराम्रो संदेश गएको भन्दै ओलीलाई सोचेर निर्णय गर्न सुझाव दिएको कांग्रेसका एक नेताले बताए ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा सचेत हुन आफू निर्देशन दिएको ओलीले देउवालाई बताएका थिए । देउवाले यस्ता भनाइले भरखरै बनेको सरकारप्रति नराम्रो धाराणा बन्ने र कानुनी एवं नैतिक प्रश्न उठ्ने बताएका थिए । कांग्रेस सांसद शंकर भण्डारीले पनि एक विज्ञपती निकाले मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
गएको शनिबार मन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी आईजीपी कुँवरलाई सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै उनलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग उठेको हो । उनले आईजीपीको ’जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने दवाव बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार