फिल्म ‘दुखी आत्मा’ मा दयाहाङ, आँचलपछि अनुपविक्रम भित्रिए
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १०:५२:६
१८ भदौ, काठमाडौं । निर्माण क्रममै चर्चा रहेको फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित् भएका छन् ।
२४ भदौबाट सुटिङ सुरु गर्न लागिएको फिल्ममा केही समयअघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित् भइसकेका थिए । कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।
क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’ मा सँगै अभिनय गर्न लागेका हुन् ।
काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्ममा दयाहाङ,आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतका कलाकारले अभिनय गर्नेछन् ।
फिल्मका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने छ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास शुल्क तिर्न र बक्स अफिस जडान गर्न बोर्डको ताकेता
भदौ २४, २०८१ सोमबार
फिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन
भदौ २३, २०८१ आइतबार
फिल्म ‘कार्साङ्’ को फर्स्टलुक पोस्टर सार्वजनिक
भदौ १९, २०८१ बुधबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
मैदानमा कहिले फर्किन्छन् नेइमार ?
भदौ २५, २०८१ मंगलबार
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
भदौ २५, २०८१ मंगलबार
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
भदौ २५, २०८१ मंगलबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार