रुसी जासुसको रुपमा परिचित ह्वेल नर्वेको खाडीमा मृत भेटियो
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार ११:८:१६
१८ भदौ, काठमाडौं । रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बाबु छोराले ह्वेलको शव तैरिरहेको भेटेका थिए ।
यो १४ फिट लामो ह्वेलको उमेर करिब १५ वर्ष थियो । यसको वजन १२२५ किलो थियो । उनको शव क्रेनले बाहिर निकालिएको थियो । मृत्युको कारण भने खुल्न नसकेको तर ठूलो डुङ्गाको ठक्करबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । तर, उनको शरीरमा चोटपटकको निशान भने भेटिएको छैन ।
ह्वाल्दिमिर व्हेललाई पोस्टमार्टमका लागि पठाइएको छ । सन् २०१९ मा विश्वलाई पहिलो पटक यसबारे थाहा भएको थियो । यो रसियाबाट ४१५ किलोमिटर टाढा नर्वेको इन्गोया टापुको तटमा भेटिएको थियो। यस क्षेत्रमा बेलुगा ह्वेल पाइँदैन, त्यसैले यसको निगरानी गर्न थालिएको छ ।
ह्वाल्दिमिर ह्वेल पहिलो पटक नर्वेमा अप्रिल २०१९ मा देखिएको थियो । त्यतिबेला उसको घाँटीमा पट्टी थियो । रुसी सहर सेन्ट पिटर्सबर्गको नाम लेखिएको शरीरमा क्यामेरासहितको मेसिन पनि राखिएको थियो । रूसी नौसेना ह्वेल प्रशिक्षणको लागी परिचित छ । यही कारणले गर्दा यसलाई रुसको जासूस ह्वेलको रुपमा लिइएको थियो ।
ह्वाल्दिमिरको जनावरहरूलाई जासुस बनाउन रुसी परियोजनाको हिस्सा रहेको पश्चिमी मिडियाहरुले त्यतिबेला देखिनै रिपोर्ट गरेका थिए । तर, रुसले यसलाई अहिलेसम्म स्वीकार गरेको छैन । ह्वेललाई नर्वेमा हभाल भनिन्छ । त्यसपछि ह्वेल र रुसी राष्ट्रपतिको नाम मिलाएर सामाजिक सञ्जालमा भ्लादिमिर स्पाई ह्वेल भनिन थाल्यो ।
बेलुगा ह्वेलहरू सामान्यतया चिसो आर्कटिक महासागरमा बस्छन् । तर ह्वाल्दिमिर मानिसहरु माझ सजिलै बस्ने गर्दछ । ह्वाल्दिमिरलाई संरक्षण गर्ने नर्वेजियन गैरसरकारी संस्था मरिन माइन्डले विगत केही वर्षयता धेरै तटीय क्षेत्रमा आफूलाई देखेको बताए ।
मरिन माइन्डले ह्वाल्दिमिर मानिसहरूसँग खेल्न मन पराउँने बताएको छ । उनलाई नर्वेमा हजारौं मानिसहरूले माया गरेका थिए । उनको मृत्यु हृदयविदारक रहेको र मर्नु अघिल्लो दिन शुक्रबार ह्वाल्दिमिरलाई अन्तिम पटक देखेका उल्लेख गरेको छ ।
ह्वाल्दिमिर आफ्नो समय भन्दा धेरै पहिले मृत्यु भयो । सामान्यतया, बेलुगा ह्वेलको औसत उमेर ६० वर्ष मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार