प्रहरी प्रधान कार्यलयद्वारा एकैपटक ५८७ इन्स्पेक्टरको सरुवा, विहानैदेखि आउन थाले असन्तुष्टि
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार ११:१०:३५
१८ भदौ, काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । सोमबार साँझ उनीहरुको सरुवा लिष्ट सार्वजनिक गरिएको हो । भदौ १७ को निर्णयअनुसार उनीहरूको सरुवा/काज गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रहरी महानिरीक्षकको मिति २०८१/०५/१७ गतेको निर्णयअनुसार प्रचलित नियमानुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी निम्न प्रहरी निरीक्षकहरूलाई देहाय बमोजिम सरुवा/काज गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाइदिनु हुन अनुरोध गरिएको छ, राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ ।
यता, सरुवालाई लिएर बिहानैदेखि असन्तुष्टीहरु आउन थालेका छन् । सरुवा अघि पायक पर्ने क्षेत्रमा निवेदन दिन लगाएर सरुवा भने अन्यत्रै गरिएको र सुगम क्षेत्रमा जानु पर्नेलाई फेरी पनि दुर्गम क्षेत्रमा नै पठाइएको भन्दै असन्तुष्टि आएको एक प्रहरी अधिकारीले बताए । उनका अनुसार यो पटकको सरुवा निष्पक्ष नभएको अधिकांशको भनाइ आउन थालेको छ । यसअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनमा १८ सयभन्दा बढी इन्स्पेक्टर रहेको र सबै सुगम तथा कमाई हुने अड्डाको मात्र खोजीमा रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार