सुनुवाइ चलिरहेका बेला परराष्ट्रमन्त्रीको राजदूतबारे समितिमा स्पष्टीकरण
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार ११:५९:५८
१८ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिमा राजदूतहरुको सुनुवाइ चलिरहेका बेला संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिका सांसदहरूले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग स्पष्टीकरण मागेका छन् । उनीहरुले राजदूतको सिफारिस किन कानुन विपरीत गरिएको भन्दै प्रश्न उठाएका छन् ।
सांसदहरूले यसरी नीति र निर्देशिका छलेर राजदूत सिफारिस गर्नुपर्ने अवस्थामा सरकार किन पुग्यो, समितिमा यसको जवाफ मन्त्रीले दिनुपर्छ भन्दै जवाफ मागेका थिए । आजको बैठकमा कांग्रेस सांसद विमलेन्द्र निधिले राणाको भारत भ्रमणले सकारात्मक सन्देश दिएको बताएका थिए भने अरु सांसदले राजदूत सिफारिस र पञ्चेश्वर बारे प्रश्न गरेका थिए ।
मंगलबारको समिति बैठकमा सांसदले प्रश्न उठाएपछि उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा जवाफ दिएकी थिइन् । बैठकमा सांसदहरूले राजदूत नियुक्ति विवादरहित हुन नसक्नु र निर्देशिका अनुसार नहुँदा यसलाई सच्याउन सक्ने तपाइसँग कस्ता कार्ययोजना छन ? भनेका थिए ।
जवाफमा राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताइन् । उनले संविधानको धारा २८२ अनुरूप राजदूत नियुक्ति गर्ने तथा सोका लागि दफा को ८ (ग) बमोजिम राजदूत नियुक्ति सम्बन्धी निर्देशिका रहेको उल्लेख गर्दै सोहीअनुसार राजदूतहरूको सिफारिश भएको बताइन् ।
नेपाल सरकारले मुख्यतः राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवं कुटनीतिलाई सञ्चालन गर्दै आएको छ । नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरे अनुसार नेपालको हित सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको छ । यही अनुसार भएको हो, उनले भनिन् ।
राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको उनले बताइन् । सेवा बाहिरबाट नियुक्तिका लागि सिफारिश गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिश गरिएको उनको भनाइ थियो । १७ राजदूत सिफारिस गर्दा समानुपातिक समावेशीतामा किन ध्यान नदिएको भन्दै सांसदले प्रश्न राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार