पूर्वआईजीपीहरूले पनि मागे अमर्यादित मन्तव्य दिने सञ्चारमन्त्री गुरूङको बर्खास्ती, संकटमा प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १२:३९:४२
१८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङलाई पदबाट बर्खास्त गर्न दवाव परिरहेका बेला नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले उनीमाथि कारवाही गर्न माग गरेका छन् । उनीहरुले गुरुङलाई पदबाट हटाउनुपर्ने माग गरेका हुन् ।
पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही (बर्खास्त) गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् ।
’बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ’ विज्ञप्तिमा छ,’नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरूलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ ।’
नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले उल्लेख गरेको छ ।
’स्वतन्त्रताको उपयोग गरिँदा अर्को पक्षको अधिकारको सीमा अनतिक्रम्य रहन्छ भन्ने सामान्य बुझाइ नागरिकमा हुनुपर्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो’ मञ्चको विज्ञप्तिमा छ, ’पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरीत माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट माननीय ज्यू गिर्नु भएको छ ।’
मन्त्री गुरुङको भनाइलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कारवाही गर्नु पर्यो भन्दै भन्दै चासो राखेका छन् । एमालेभित्रकै एक पक्षले पनि गुरुङको भनाइ आपत्तिजनक रहेको र यसले गर्दा जनस्तरबाट सरकारको नैतिकतामाथि प्रश्न उठाइन थालेको बताएको छ । कांग्रेस सभापति देउवाले मन्त्रीहरूले जथाभावी बोल्दा नराम्रो सन्देश गएको भन्दै ओलीलाई सोचेर निर्णय गर्न सुझाव दिएको कांग्रेसका एक नेताले बताए ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा सचेत हुन आफूले निर्देशन दिएको ओलीले देउवालाई बताएका थिए । देउवाले यस्ता भनाइले भर्खरै बनेको सरकारप्रति नराम्रो धारणा बन्ने र कानुनी एवं नैतिक प्रश्न उठ्ने बताएका थिए । कांग्रेस सांसद शंकर भण्डारीले पनि एक विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
गएको शनिबार मन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी आईजीपी कुँवरलाई सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै उनलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग उठेको हो । उनले आईजीपीको ’जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने दवाव बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार