ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १२:५०:४२
१८ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।
बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।
यो एप मार्फत बालबालिकाहरुले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरुमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ । साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरुको लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।
यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरुमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ । ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो ।
यो एप बालबालिकाहरुले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरुको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।
ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् । यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई नक्सालस्थित बाईकर्स क्याफेमा विशेष छुट
माघ १६, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान
माघ १७, २०८१ बिहिबार
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने
माघ १७, २०८१ बिहिबार
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
माघ १७, २०८१ बिहिबार
त्रिदेशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो नेपाल
माघ १७, २०८१ बिहिबार
तराइ मधेस केन्द्रित ८ दलको बैठक सुरू
माघ १७, २०८१ बिहिबार