लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १३:७:८
१८ भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुंगोे लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
आगामी वैशाखमा महाधिवेशनको तयारी थालेको पार्टीले स्थान र तिथि तोकेर आवश्यक कार्यक्रम सञ्चालन गर्न बैठक भोलि बोलाएको हो । वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म संगठन सुदृढीकरणसम्बधी कार्यक्रम निर्माण गरिने बैठकमा पार्टी सञ्चालनका लागि आर्थिक नियमावली संशोधन गरिने पार्टीका सचिव प्रतिक पाठकले जानकारी दिए ।
संविधान संशोधनका विषयमा पार्टीले तय गर्ने एजेण्डामा समेत छलफल गरी सुझाव संकलन गरिने बैठकमा समान विचारधारा भएका राजनीतिक दल तथा समूहसँगको सहकार्य एवं एकता गर्ने विषयमा छलफल गरिने छ ।
बैठकमा नेताहरूले दिएका सुझावका आधारमा साझा दृष्टिकोण बनाएर आगामी केन्द्रीय कमिटी बैठकबाट पारित गरिने जनाइएको छ । आसन्न मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी तथा उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे सम्बन्धित नेताले केन्द्रलाई जानकारी गराउने बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार