सूर्याज्योति इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १३:१४:५८
प्रकाश डोटेल
१७ भदौ, स्याङ्जा । सूर्याज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई कम्पनीको शाखाले सम्मान गरेको हो ।
कम्पनीको शाखाले टिम व्यवसाय मार्फत उत्कृष्ट हुनेहरु शिव पोखरेल, हरि ढकाल र मञ्जु भुजेललाई सम्मान गरेको थियो । व्यक्तिगत उत्कृष्ट व्यवसाय गर्नेहरुका तर्फबाट चित्रबहादुर खत्री, मञ्जु भुजेल र प्रकाश डोटेललाई सम्मानित गरिएको थियो ।
आर्थिक वर्ष २०८०÷०८१ मा मासिक रुपमा उत्कृष्ट व्यवसाय गर्नेहरुमा विनिता श्रेष्ठ, रेखा क्षेत्री, सुस्मिता बस्याल, तिलबहादुर बस्याल, चित्रबहादुर खत्रि, मञ्जु भुजेल, प्रकाश डोटेल, सरिता रेग्मी, सम्पदा कर्माचार्य, जयबहादुर थापा र पुनम श्रेष्ठलाई सम्मान गरेको शाखाले जनाएको छ ।
सम्मान कार्यक्रममा कम्पनीका अभिकर्ता तथा २०२४ का एमडीआरटी प्रकाश डोटेलले बीमा क्षेत्रमा धेरै सम्भावना भएको बताए । उनले व्यक्तिको व्यक्तित्व विकाससँगै बीमाले बिमीतको सुरक्षा र अभिकर्ताको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।
त्यस अवसरमा बोल्ने वक्ताहरुले पछिल्लो समयमा मानिसको दैनिकी अस्तव्यस्त रहेकाले बीमा अनिवार्य भएको बताए । उनीहरुले बीमाले व्यस्त दैनिकी र खानपानबाट सृजना हुने रोगको सुरक्षा र मानिसको आर्थिक क्षतिलाई सुरक्षित बनाएको बताए ।
सम्मान कार्यक्रम शाखाका शाखा प्रमुख सुजन पोखरेलको सभापतित्वमा भएको सम्मान कार्यक्रममा स्वागत मन्तव्य शाखाका व्यवसाय प्रवर्द्धक अरुण श्रेष्ठले गरेका थिए भने संचालन शाखाका कर्मचारी निसा बस्यालले गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
साउन २८, २०८१ सोमबार
सिटिजन्स क्यापिटलको लाभांस क्षमतामा वृद्धि
साउन २७, २०८१ आइतबार
१४ वटा जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब ३४ करोड ९३ लाख बीमा शुल्क
साउन २२, २०८१ मंगलबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार