नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १३:३६:३७
१७ भदौ, काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न उक्त विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी हुने गरी पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पेस गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।
बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउन सहयोग गरेकोमा शेयरधनीलगायत सरोकारवाला पक्षलाई धन्यवाद दिए। आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनीलगायत सरोकारवाला पक्षहरूको महत्त्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार