म प्रहरीलाई पनि छाड्दिन भन्दै धम्क्याउने लामिछाने लुरुलुरु प्रहरी कार्यालय पुगेका थिए बयान दिन

नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १३:४९:४७

१८ भदौ, काठमाडौं । सहकारीको रकम दुरुपयोग गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग प्रहरीले बयान लिएको एक साता बितेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले संसदीय समितिलाई बयान दिएको तीन दिनपछि प्रहरीले बयान लिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको बचत अपचलन र ठगी प्रकरणमा लामिछानेसँग बयान लिएको हो ।
लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी पर्दा छानबिन र कारवाही अगाडि बढाउन आनाकानी गरेको प्रहरीले यसपटक भने काठमाडौं आएर उनलाई प्रहरी कार्यालयमा बोलाएर बयान लिएको थियो । रविसँग प्रहरीले लिएको बयान ठाडो बयान हो । समितिले बयान लिएपछि कास्कीबाट डीएसपी वसन्त शर्माको नेतृत्वमा टोली काठमाडौं आएको थियो । तर, लामिछाने काठमाडौं थिएनन् ।
प्रहरीलाई उनले म पोखरा नै समय मिलाएर आउँछु भनेका थिए । तर, प्रहरीले मानेन र उनी नआएसम्म काठमाडौंमै बस्यो । स्रोतका अनुसार संसदीय समितिमा बयान दिएको भोलिपल्टै बयान लिने प्रहरीको तयारी थियो, तर लामिछाने चितवन पुगेका थिए । प्रहरीले गोर्खा मिडियाको कार्यालयमा खानतलासी गर्दै बयानका लागि फोन गरेपछि लामिछानेले चितवनबाटै प्रहरीप्रति आक्रोश पोखेका थिए । सक्छौं तिमीहरूले मलाई थुन, हतकडी लगाऊ, सकेनौं भने म तिमीहरूलाई छाड्नेछैन, अल भर्सेस वान, सबै भर्सेस रास्वपा, भनेका थिए, स्रोतले भन्यो ।
काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग तथा भदौ १० मा लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर बयान लिएको थियो । बयान दिने क्रममा पनि लामिछानेले झर्कीफर्की गरेका थिए । सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले भदौ ७ शुक्रबार लामिछानेसँग करिब १० घण्टा बयान लिएको थियो ।
प्रहरीले उनीसँग बयान लिनुअघि भदौ ८ र ९ मा गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेसनल र नेचर हर्बसको कार्यालयमा छापा मारेको थियो । प्रहरीले गोर्खा मिडियाको कार्यालयमा खानतलासी गर्दै बयानका लागि फोनसमेत गरेपछि लामिछानेले चितवनमा आक्रोशित भएका हुन् । चितवनबाट फर्केपछि सोमबार नै प्रहरीले लामिछानेलाई प्रहरी कार्यालयमा बोलायो र उनी लिखित कागज गरेर फर्किए ।
पोखराको सूर्यदर्शन सहकारीमा करिब १८ हजार सात सय सर्वसाधारणको बचत हिनामिना भएको छ । पीडितहरूले गत माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनसहितको नामै किटान गरेर जाहेरी दिएका थिए । प्रारम्भिक अनुसन्धानमा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेकै बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा ५ करोड ५८ लाख ९ हजार २ सय ७३ रुपैयाँ ६ पैसा आएको तथ्य प्रहरीले फेला पारेको छ ।
यसबारे सोध्दा रविले आफूलाई कुनै जानकारी नभएको बताएका थिए । उनले संसदीय समितिलाई दिएको जसरी नै आफू निर्देश रहेको र कुनै सहकारी वा कम्पनीसँग आफू सम्बन्धित नरहेको बताएका थिए । ‘तपाईहरु (प्रहरी) ले मलाई किन दुःख दिन खोजिरहेको हो । म पुरै प्रहरी संगठनसँग यस विषयमा एक्लै भिड्छु, बयानका क्रममा लामिछानेले भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २९, २०८१ मंगलबार
प्रहरी कुट्ने चार युवा पक्राउ
माघ २८, २०८१ सोमबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट
माघ ३०, २०८१ बुधबार
कक्षामा हल्ला गरेको भन्दै शिक्षिकाले ३ जना विद्यार्थीलाई तातो पन्युले डामिन्
माघ ३०, २०८१ बुधबार
साँखुमा स्कुलबस दुर्घटना: ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार