एनआईसी एशिया बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १४:३:५६
१८ भदौ, काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काइ क्लब कार्ड’ सार्वजनिक गरेको छ। भिसा को-ब्रान्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यस कार्डको प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच बुधबार समझदारी भएको छ।
यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यस्तै ग्राहकले प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पनि प्राप्त गर्नेछन्। यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ।
साथै, उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यो कार्ड लिनका लागि ग्राहक बैंकको नजिकको शाखा कार्यालयमा पुगेर आवेदन दिन पर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
भदौ २०, २०८१ बिहिबार
आईएमइ र कमर्स प्लेक्स बीच रेमिटेन्स आदान प्रदानका लागि रणनीतिक साझेदारी
भदौ २०, २०८१ बिहिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ २५, २०८१ मंगलबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार