परराष्ट्रमन्त्री राणाले माफी मागेपछि राजदूत सिफारिसमा आइन्दा गल्ती नगर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १४:७:३८
१८ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिसमा गल्ती भएको भन्दै समितिसमक्ष माफी मागेकी छन् । विभिन्न १७ मुलुकका लागि राजदूत सिफारिस गर्दा समावेशी र समानुपातिक नभएकोमा परराष्ट्रमन्त्री राणाले संसदीय समितिमा माफी मागेकी हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री राणाले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायको प्रतिनिधित्व गर्न नसकेकोमा क्षमा मागेकी थिइन् । त्यसअघि सांसदहरूले उनीसँग यसबारे स्पष्टीकरण मागेका थिए ।
सांसदहरूले राजदूत समावेशी नभएको भन्दै परराष्ट्रमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा उनले भनिन्, ’राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं । यसपटक समावेशी भएन, आई एम सरी ।’ १७ मुलुकका लागि राजदूत प्रस्ताव गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट एक जना पनि सिफारिस नगरेको भन्दै सरकारमाथि प्रश्न उठेको छ । राजदरबारहरूको सुनुवाइ चलिरहेको छ ।
परराष्ट्रमन्त्री राणाले दुई मुलुकमा राजदूत नियुक्तिका लागि ठाउँ खाली रहेको बताउँदै ती देशमा दलित र मुस्लिम समुदायबाट सिफारिस गर्ने प्रतिबद्धता जनाइन् । मन्त्रीले माफी मागेपछि समितिले नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्दान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।
समितिले राजदूत निर्देशिका र संविधानको व्यवस्था ख्याल गर्न सरकारलाई भनेको छ । नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरी नेपाल सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्दान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने’ समितिको निर्णयमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार