सामान्य बढेर २८३० अंकमा कायम रह्यो नेप्से, १३ अर्ब ५७ करोडको शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १५:३८:५३
१८ भदौ, काठमाडौं । सोमबारको तुलनामा मंगलबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकममा पनि सुधार आएको छ । यसदिन ३२८ वटा धितोपत्रको तीन करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच भएको छ ।
अघिल्लो दिन १२७ अंक बढेको थियो । परिसूचक बढ्दा कारोबार केही बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो । यसदिन सात कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । हिमालयन पावर पार्टनरको मूल्य सर्वाधिक ८.८६ प्रतिशतले घटेर कित्ता मूल्य ४२२ रूपैयाँमा झरेको छ ।
दोल्ती पावरको मूल्य ८.४७ प्रतिशतले घटेको छ । उक्त कम्पनीको मूल्य ६७० रूपैयाँ कायम भएको छ । मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २७० रूपैयाँ ५० पैसामा ३४ करोड ७२ लाखको शेयर कारोबार भएको छ ।
सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गुडविल फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार २५५ रूपैयाँमा २९ करोड ५४ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ ।
यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे । बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२५.४६ अंकले घटेर २७०१ मा आइपुग्यो नेप्से, घाटामा १५७ कम्पनीको शेयर
भदौ २३, २०८१ आइतबार
बुधबारको शेयर कारोबारमा भारी गिरावट, ९०.७३ अंकले घटेर २७३९ विन्दु झर्यो नेप्से
भदौ १९, २०८१ बुधबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ २५, २०८१ मंगलबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार