सतहमा आयो काठमाडौं महानगरका मेयर र उपमेयरबीचको विवाद, बालेनको निर्णय सुनिताले नमान्ने
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १६:१८:४९
१८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीचको विवाद सतहमा आउन थालेका छन् । उपमेयर सुनिता डंगोलले मेयर शाहका अनावश्यक र एकलौटी निर्णय आफूले नमान्ने जनाएकी छन् ।
मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णय उनले नमान्ने बताइन् । डंगोलले मेयर शाहले जनता आतंकित पार्नेगरी सूचना जारी गरेको भन्दै आपत्ति जनाएकी छन् ।
बागमती नदी संरक्षणसम्बन्धी मुद्दामा सर्वोच्चको आदेशको पूर्णपाठलगत्तै मेयर शाहको एकल निर्णयबाट बागमती र विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरपर निर्माण निषेध भएको सूचना जारी भएको थियो । उक्त सूचनाले जनता आतंकित र त्रसित भएको भन्दै मंगलबारको ३५औं नगर कार्यपालिका बैठकमा डंगोलले विरोध जनाइन् । उनले महानगरका हरेक निर्णयमा जनप्रतिनिधिहरूको अपनत्व हुनुपर्ने बताइन् ।
‘अदालतको आदेशलाई सम्मान गर्नुपर्छ । तर, कार्यान्वयन क्रममा कसरी कार्यान्वयन गर्छौं त्यो महत्वपूर्ण छ । प्रमुख ज्यूले सुसूचित गरेका हौं भन्नुभयो । तर, सुसूचित पनि कसरी गर्ने त्यसलाई कसरी लेखिएको छ भन्ने महत्वपूर्ण छ । एउटा शब्दलाई खेल्ने धेरै ठाउँ पनि हुन्छ । प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । महानगरपालिकाको सबैजनाको त्यो निर्णय हो कि होइन भन्ने आउँछ’, यो मान्नुपर्छ भन्ने छैन, उनले भनिन् ।
यस्तो सेन्सेटिभ कुरामा एउटा व्यक्तिसँग कुनै एउटा ठाउँसँगमात्र जोडिएको होइन, यतिधेरै जनता र जनभावनासँग जोडिएको कुरामा हामीले बोर्डमा हामी सानोभन्दा सानो कुरामा छलफल गरिरहेको अभ्यास छ । यस्तो सेन्सेटिभ कुरामा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना जाने अनि हामी महानगरका जनप्रतिनिधि स्वयं त्यसैबाट बल्ल सुसूचित हुने त्यो राम्रो पद्धति भएन । यो निर्णयले महानगरका जनता आतंकित र त्रसित छनु, उनले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार