देशभरका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको छ : गृहमन्त्री लेखक
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार २२:१०:५५
१८ भदौ, कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले आज आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताए ।
“बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार उठाउने काम चलाइरहेको छ,” गृहमन्त्री लेखकले भने, “द्वन्द्वका बेला बन्द भएका भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको छ ।” उनले भारततर्फ भन्सार कार्यालय नभएकाले चुनौती भए पनि छोटी भन्सार सञ्चालन गर्नका लागि प्रयास गरिरहेको बताए ।
“जुन ठाउँमा भन्सारको कार्यालय छ, जग्गा छ ती छोटी भन्सारलाई सञ्चालन गरौँ भनेको छु”, उनले भने, “यहाँ मात्रै नभई द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय सञ्चालनका लागि लागिरहेका छौँ ।” मन्त्री लेखकले देशमा स्थायी सरकार निर्माणगरी सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउँदै एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गरे ।
“तीन/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो समीकरण बनेको हो,” लेखकले भने, “मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ ।” उनले देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास रहेको स्मरण गर्दै स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार