पूर्वप्रमुख ज्ञावालीसहित लगानी बोर्डको सीईओमा ५ उम्मेदवार
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार ९:१३:९
१९ भदौ, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनालाई सर्ट लिस्टमा राखेर सिफारिस समितिको सचिवालयले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
सीईओ पदका लागि ८ जनाले आवेदन दिएका थिए । उम्मेदवार सूचीकरणमा परेका ५ जनासहित गोरखाका कृष्ण थापा, रूपन्देहीका झविन्द्र खत्री र काठमाडौंस्थित चन्द्रागिरिका रविन्द्र दवाडीले पनि आवेदन दिएका थिए ।
छानिएका उम्मेदवारहरूमा ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, छन् । उनीहरूमध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्त गर्ने सिफारिस समितिको सचिवालयले जनाएको छ ।
ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए । काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्वकार्यकारी निर्देशक हुन् । अर्का उम्मेदवार ढुंगाना नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए । ०७८ असोजमा सरकारले नै उनलाई अध्यक्षबाट बर्खास्त गरेको थियो ।
सरकारले यस पटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको छ । सिफारिस समितिको सचिवालयले गत साउन २८ मा सीईओ पदका लागि निवेदन आह्वान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार