घरमा पानी नहालेको निहुँमा भएको घरझगडामा दुई छोरीको हत्या, ५ दिनपछि फेला परिन आमा
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार ११:५०:४०
१९ भदौ, विराटनगर । मोरङको सुन्दर हरैचाँमा श्रीमानसँग झगडापरेपछि दुई छोरी लिएर घर छाडेकी आमा अस्मिता कार्की ५ दिनपछि फेला परेकी छन् । उनले लिएर गएका दुई छोरी मृत्य अवस्थामा भेटिएका छन् । मृत नाबालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता बिर्तामोडमा अस्वस्थ्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीले इटहरी–भोजपुर ट्याक्सी चलाउँदै आएका थिए । मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेका उनले नजिकै नयाँ घर पनि बनाउँदै थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । घरमा आउने बितिकै श्रीमती अस्मितासँग विवाद सुरु भयो । विवादको कारण थियो–बन्दै गरेको घरमा पानी नहाल्नु ।
आफूसँग विवादपछि अस्मिता दुई छोरीहरू आइका (१) र अर्पणा(३)लाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएको श्रीमान अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् । उनी घरबाट त्यसको भोलिपल्ट दुवै बालिकाको शव अंगालो मारेको अवस्थामा शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । तर, अस्मिता भने त्यहाँ थिइनन् ।
आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशंका गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए । अर्जुनले प्रहरीलाई बताए अनुसार शुक्रबार राति अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै खोजी गरे नभेटेपछि प्रहरीलाई खबर गरे ।
शनिबार दिउँसो छोरीको शव भेटेपछि प्रहरीले महिलाले पनि आत्महत्या गरेको आशंकामा नजिकै रहेको जंगलमा सर्च अपरेसन चलायो । हत्यापछि आत्महत्या गरेको आशंकामा जंगलमा तर चार दिन खोजी गर्दा भेटिइनन् । अन्य क्षेत्रमा पनि खोजी गर्दा महिला झापाको बिर्तामोडमा फेला परिन् ।
नावालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा बिर्तामोडमा फेला परेको मोरङ प्रहरीले जनाएको छ । शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगर स्थित कोशी अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार