जलवायु अनुकूलित पूर्वाधार विकास आवश्यकता छः मन्त्री यादव
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार १२:३१:४९
१९ भदौ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताएका छन् ।
एसियाली विकास बैंक (एडीबी) द्वारा आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उनले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको उल्लेख गरे ।
मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एडीबीले गरेको अध्ययनको महत्व रहेको भन्दै एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रुपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान विसं २०७८ मा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिका बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएकोप्रति मसहित सिंगो मन्त्रालयको टोलीलाई धन्यवाद दिए ।
यसैगरी, मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताए ।
उक्त कार्यक्रममा भूटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुख, विज्ञहरू र प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार