लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी देशलाई स्थिरता दिनु ओली र मेरो कर्तव्य होः देउवा
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार १५:३५:४२
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र देशलाई स्थितरता दिने विषयमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् । उनले लोकतन्त्रको रक्षा गर्नु, देशमा स्थिर सरकार दिनु र सुशासन दिने कुरा आफू र एमाले अध्यक्ष ओलीको कर्तव्यभित्र पर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको बताए । देउवाले स्थायी सरकार बनाउनको लागि एमालेका अध्यक्ष केपी ओलीसँग सहमति गरेर आफू अगाडि बढेको बताए ।
कर्मचारी जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले निर्देशन मान्नुपर्ने उनको भनाइ छ । कांग्रेस र एमालेबीच विगतमा आ–आफ्नो मतभेद होलान् । यो व्यवस्थाको विषयमा कुनै मतभेद छैन । हामी मुख्य प्रतिस्पर्धी हौं, समस्याहरू आउँछन् मिलेर समाधान गर्नुपर्छ । ओली र मैले मिलेर समस्याको समाधान गर्छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि रक्षा गर्नुछ । जुनसुकै पार्टीको सरकार भएपनि स्थायी सरकार हो, उनले भने ।
उनले सरकारले दिएको निर्देशन कर्मचारीले नमाने सरकार सफल हुन नसक्ने बताए । उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन । कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । कोही माओवादीको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार