बुधबारको शेयर कारोबारमा भारी गिरावट, ९०.७३ अंकले घटेर २७३९ विन्दु झर्यो नेप्से
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार १६:०:१
१९ भदौ, काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ ।
अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो । यसदिन ३२० वटा धितोपत्रको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच भएको हो ।
बुधबार ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ । यस्तै, एक कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन चार कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
कुमारी इक्विटी फण्डको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ ६२ पैसामा झरेको छ । कुमारी धनवृद्धि योजनाको मूल्य ८.६१ प्रतिशतले घटेको छ । उक्त योजनाको मूल्य ९ रूपैयाँ ७६ पैसा कायम भएको छ । बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५० रूपैयाँमा ३० करोड ५२ लाखको सेयर कारोबार भएको छ ।
बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे । बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ८.९, धौलागिरि लघुवित्तको ८.४, मानुषी लघुवित्तको ५.९ प्रतिशत मूल्य बढ्यो ।
गुडविल फाइनान्सको मूल्य ८.४ प्रतिशत घट्यो भने हिमालयन पावर पार्टनरको ७.६, सुपरमाइ हाइड्रोपावरको ७.४, तारागाउँ रिजेन्सीको ६.९, सेन्ट्रल फाइनान्सको ६.५, स्वाबलम्बन लघुवित्तको ६.२ तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२५.४६ अंकले घटेर २७०१ मा आइपुग्यो नेप्से, घाटामा १५७ कम्पनीको शेयर
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार