कांग्रेस र एमालबीच कुनै मतभेद छैन : सभापति देउवा
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार २१:५७:१३
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन् । पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए ।
सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालबीच कुनै मतभेद नरहेको बताए । उनले देशको अवस्था चुनौतीपूर्ण रहेकाले कर्मचारीमा अझ यसको प्रभाव पर्ने बताए । चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
सभापति देउवाले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी राजनीतिक दल मुलुकको समस्या समाधानका लागि एक ठाउँमा उभिएको बताए । उनले मुलुकको राजनीतिबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार